काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) स्याङजाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामाको माग गरेको छ । संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले आज एक बिज्ञप्ती जारी गर्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएको प्रती घोर भत्सर्ना सहित तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो ।
बिज्ञप्तीमा उल्लेख छ, ‘मुलुकको जिम्मेवार भुमी ब्यबस्था मन्त्री पद्मा अर्यालले पटक-पटक राष्ट्रियता, स्वाधिनता र सिमा रक्षाको सवालमा पदिय जिम्मेवारी र नागरिक उतरदायित्वको समेत अवमुल्यन गर्दै, लिम्पियाधुरा–लिपुलेक–कालापानी–धार्चुला नेपाली भुमिमा कहिलै नभएको त, कहिले नेपाली महाकाली पारीका भुमी नेपालको नक्सामा समाबेश गर्न अबस्थाले नदियको भन्ने जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएको प्रती नेपाल बिद्यार्थी संघ स्याङ्जा घोर भत्सर्ना गर्दै तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजिनामा दिन माग गर्दछौ ।’
यस्तै नेविसंघले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मंन्त्री नसच्चिएसम्म र राष्ट्रियता जस्तो गम्भीर सवालमा खेलवाड गर्ने मन्त्रीको सबै कार्यक्रम नेबिसंघ स्याङ्जाले बहिष्कार गर्ने घोषणा समेत गरेको छ । भारतले नेपाली भुमी कालापानी मिची चीन जोड्ने सडक हालै उद्घाटन गरेको र चीनले समेत सोही मार्ग प्रयोग गरि चीन भारत ब्यापार गर्ने सम्झौता गरेको प्रती नेपाल बिद्यार्थी संघ खेद प्रकट गरेको छ । नेपाली भुमी तत्काल फिर्ताका लागि आवश्यक पहल गर्न सरकार समक्ष माग पनि गरेको छ ।
नेपाल सरकारले तत्काल कुटनैतिक पहल र अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लैजाने सम्मको कार्यमा विलम्व गरेमा शरिरमा दुई थोपा रगत रहेसम्म नेपालको झण्डा र नक्सा सहित नेविसंघ स्याङ्जा चरणवद्ध आन्दोलन गर्ने संघका अध्यक्ष क्षेत्रीले नयाँपुस्तालाई जानकारी दिए ।
मन्त्री अर्यालले नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग अन्तवार्ताका क्रममा ‘लिम्पियाधुरा नेपालको नक्सामा कहिले पनि थिएन भनेर’ अभिब्यक्ति दिएकी थिईन् । यद्यपी उनले सरकारका पछिल्ला छलफलमा त्यस्तो अभिब्यक्ति नदिएको भनेर आफ्नो बचाउ समेत गर्दै आएकी छिन् ।
उनले दिएको अन्तवार्ताको पुरा अंश :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
