गोरखाका विद्यार्थी नेता सुमन पन्थमाथि दुर्व्यब्यहार

पोखरा । नेपाल विद्यार्थी संघले गोरखा नगरपालिका–१२ निवासी नेपाल विद्यार्थी संघ गोरखा नगरपालिकाका संयोजक सुमन पन्तलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएको छ।

तनहुँको आँबुखैरनी बजारदेखी स्थानीय दिर्घ रोगका विरामीहरुका लागि आवश्यक औषधी र अत्यावश्यक घरायसी खाद्यान्न सामाग्री लिएर घरतर्फ आउँँदै गर्दा उनीमाथी दुव्र्यवहार भएको नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले बताए।

Advertisement

मझुवा देउरालीमा अवस्थीत प्रहरी चौकीले बिद्यार्थी नेता पन्तलाई नियन्त्रणमा लिई दुब्र्यबहार गरेको घटना प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

महामन्त्री तिमल्सिनाले भनेका छन्, कुनै एक ब्यक्तिका कारण सिंगो प्रहरी संगठन नै वदनामी हुने यस किसिमका कार्य नगर्न हामी प्रहरीलाई आग्रह समेत गर्दछौँ ।

साथै यस किसिमका गैह्र जिम्मेवार कार्य गर्ने प्रहरी अधिकृतलाई आवश्यक कार्वाहीको लागि नेबि संघ गोरखाले माग गरेको छ।

More News last news
Loading...