मालिका सहकारीद्धारा लकडाउनपीडितलाई राहत सामग्री वितरण

काठमाडौं । मालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले लकडाउनका कारण समस्यामा परेका विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ ।

संस्थाले काठमाडौं, काभ्रे लगायतका ठाउँमा राहत स्वरुप चामल, दाल, चिनी, नुनलगायतका सामग्री उपलव्ध गराएको हो । खगेन्द्र नवजीवन केन्द्र काठमाडौं, बीआइए अपांग संघ जोरपाटी, स्पाइनल क्रुज होस्टेल माकलवारी, गुरुकुल विद्यालय गोकर्णेश्वर, नैनी शाख्य गुरुकुल विद्याश्रम बनेपा, महामृत्युञ्जय योग केन्द्र पिंगलास्थानमा रहेका अपांगता भएका विद्यार्थी तथा अन्यलाई सहयोग गरेको हो । धामीले कसैलाई खानपिनमै समस्या परे आफुसँग सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

Advertisement

पटकपटक अप्ठेरोमा परेका विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सहयोग गर्दै आएको संस्थाले यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलव्ध गराइएको अध्यक्ष जनकबहादुर धामीले बताए । धामीले लकडाउनका कारण मानिसको दैनिकी समस्यामा पर्दै गएकाले थोरै भएपनि सहयोग गरिएको बताए ।

धामीले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने वचन दिएका छन् । धामीले लकडाउनका कारण समस्यामा परेका बर्दिया, कैलाली, बाँकेलगायतका जिल्लाका वासिन्दालाई खाद्य सामग्री वितरण गरिसकेका छन् । बर्दियाका यूवा व्यवसायी धामीले मानवता देखाउन र सहयोग गर्न पाएकामा आफु निकै खुशी भएको बताएका छन् ।

More News last news
Loading...