प्रदेश सांसद मल्लले दिए २ लाख बढिको खाद्यान्न

काठमाडौं । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले स्याङ्जा क्षेत्र नं २ ‘ख’ का पालिकाहरुलाई २ लाख बढिको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई खाद्यान्न सहयोगका लागि स्याङ्जा क्षेत्र नम्बर दुई ‘ख’ का सांसद मल्लले आफ्नो क्षेत्रको गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालिगण्डकी गाँउपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

Advertisement

तरुण दल अध्यक्ष समेत रहेका मल्लले लकडाउनको पुर्ण पालना गर्दै सांसद मल्लले प्रत्येक पलिकालाई २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी २ लाख बढिको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

सांसद मल्लले सरकारले गरेको लकडाउनले मारमा परेका वर्गको चुलो बाल्ने काम अहिलेका लागि आफ्नो मुख्य कार्य रहेको भन्दै आफू जनतालाई परेको समस्यामा गम्भिर र जिम्मेवार भएर जनताको दुख सुखमा साथमा रहेको प्रतिबद्धता समेत जनाए ।

More News last news
Loading...