विश्वभर २८ लाख २७ हजारबढी संक्रमित, १ लाख ९७ हजारको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ३ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको अन्तरािष्ट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका महामारीबाट हालसम्म २८ लाख २७ हजार ३ सय ९१ जना संक्रमित भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार २२२ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोना संक्रमित मध्ये हालसम्म ७ लाख ८८ हजार ३३१ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

यस्तै, नेपालमा पनि शुक्रबार एक नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ ।

More News last news
Loading...