नेबिसंघ स्याङ्जाद्धारा ज्वरो नाप्ने अत्यावश्यक थर्मोगन सहयोग

स्याङ्जा । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जाले ४० हजार बराबरको थर्मोगन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि अत्यावश्यक पर्ने ज्वरो नाप्ने थर्मोगन सदरमुकामको जिल्ला अस्पताल स्याङ्जामा अभावका समचारहरु आएको नेविसंघ जिल्ला कार्यसमितिको पहलमा थर्मोगन हस्तान्तरण गरिएको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवाङ्ले नेपाल विद्यार्थी संघ स्याङ्जा जिम्मेवार संगठनको पहिचान दिएको बताउदै जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण, रोकथाम तथा व्यबस्थापन समितिमा छलफल गरि आवश्यक ठाँउमा थर्मोगन पठाइने जानकारी दिए ।

संघको ५१ औ स्थापना दिवसको अवसरमा ज्वरो नाप्ने थर्मोगन हस्तान्तरण गरेको भन्दै विपदको बेला नेविसंघ सधै स्थानीयको साथमा रहेको सभापति क्षेत्रीले बताए ।

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले पनिले स्थापना दिवसका अवसरमा अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर मनाउने यसअघि नै जनाईसकेको छ ।

 

More News last news
Loading...