अनिता महतरा/काठमाडौं । अहिले कोरोनाको त्रासबाट नेपालमा मात्र नभई पुरै विश्व नै आक्रान्त बनेको छ । चीन, इटाली, स्पेन र अमेरिका लगायत अन्य थुप्रै देशहरुले आफ्ना नागरिक गुमाउन परेको छ । नेपालमा पनि हालसम्म ९ जनामा यसको संक्रमण भेटिईसकेको छ ।
गर्भावस्थामा यस्तो अवस्था हो, जो हरेक नारी आफू यस्तो अवस्थाबाट गुज्रिन खोज्दछ । जो कोहीलाई पनि सन्तानको सुख प्राप्त होस भन्ने इच्छा रहेको हन्छ । आजको यस्तो अवस्थामा जहा कोरोनाको त्रास यत्र-तत्र छ त्यसले गर्भावस्थामा भएका नारीलाई कस्तो किसिमको असर पारिरहेको छ त ? हामी सबै यस्तो विपत् अवस्थामा कसरी सुरक्षित रहने भन्नेमा छौ तर गर्भवती जसले एउटा नभएर दुइवटा ज्यानलाई सुरक्षित पार्नु जरुरी छ ।
गर्भावस्था समय आफैमा एउटा सुरक्षित हुनुपर्ने त्यसमाथि अहिले कोरोनाले जकेटी राखेको बेलामा अझ सर्तकता अपनाउनु पर्ने आवश्यक हुन्छ । यस्ता बेलामा गर्भवतीले पाउनुपर्ने पोषणलाई निकै ख्याल राख्नुपर्ने हन्छ । अबका बेला खाद्य संकट सिर्जना हुनसक्ने अबस्थामा जुनसुकैको भान्छामा खाद्यान्न न्युन हुँदै जाने पक्का छ । 
यस्तो अवस्थामा पोषिलो खाना, हरेक बार खानाचार, माछा, मासु र अण्डा लगायत हरियो सागसब्जी, पहेला फलफुलका साथै नियमित गर्भजाँच जस्ता कुराहरुलाई मध्यनजर गर्दै आफनो करेसाबारीमा उपलब्ध खानेकुरालाई बढीभन्दा बढी उपयोगमा ल्याउन सकिन्छ ।
यसमा अलवा यस्तो विपतका समयमा गर्भवती महिलाहरुले बिशेषतः पोषणका साथै निम्न कुराहरुमा ख्याल पुर्याउनुपर्ने अत्यन्तै जरुरी छ ।
-
- भिटामिन ‘सि’ युक्त खानेकराहरु जस्तै अमला, कागती, काउली, ब्रो-काउली, मेवा, अम्बा, किवि, सुन्तला र गाजर लगायतका खानेकराहरु समावेश गर्ने ।
- आफनो खानामा टिमुर, मरिच, ज्वानो, अदुवा, लसुन, वेसार, जाइफल जस्ता मसलाहरुलाई समावेश गर्दा शरीरलाई न्यानोपन दिनुका साथै रोग प्रतिरक्षात्मकको काम गर्दछ ।
- माछा, मासु र अण्डाको सेवन गर्न यदि अभाव भएमा वनस्पती प्रोटिन जस्तैः पालग, च्याउ, मटर, टोफु, दाल, गेडागुडीबाट प्रोटिनको अभावलाई परिपुर्ति गर्ने ।
- यस्तो अबस्थामा शरिरलाई बडी क्याल्सियमको आवश्यक पर्नै हुदाँ दही, मही, दुध, चीज, केरा, काचो नरिवल, बदाम, भिन्डी जस्ता खानेकुरालाई दैनिक रुपमा समावेश गर्ने ।
- आइरनको कमीबाट बच्न भटमास, दाल, गेडागुडी, फर्सिको बिया, बदामका साथै घरमा बनाइएको गुन्दु्रकलाई आपनो आहारमा समावेश गर्ने ।
- खानाको थाल सधै सेतो, हरियो, पहेलो, रातो सबैथरीका समावेश गरी खाने । जसमा सेतो अन्न (कार्बाैहाइटेड), हरियो सागसब्जी, पहेलो फलफुल र रातो दाल तथा गेडागुडी पर्दछन् ।
- शरिरलाई चुस्त राख्न र मनमस्तिकलाई आराम राख्नको लागि साधारण हिडडुल गर्ने, घरका सरल काम गर्ने, घरैमा योग गर्ने, संगित सुन्ने, कबिता लेख्ने ।
- आमा र बच्चालाई स्वस्थ र तनावमुक्त राख्नका लागि घरका सदस्यहरुले विश्वभरि घटीरहेका र त्रास पैदा गर्नै खालका समाचारहरुका बारेमा कुरा नगर्ने ।
- हामी जो कोहीलाई पनि भिटामिन ‘डी’ को कमी भैराखेको हन्छ र यो बेलामा बढी आवश्यकता पर्नै हुँदा घाममा बस्ने ।
- ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने ।
- पर्याप्त मात्रामा सफा मनतातो पानी पिउने ।
- आराम गर्ने ।
- यसका साथ साथै चिकित्सकले दिएको अनुसार शुरुका तीन महिना फोलिक एसिड सेवन गर्नुपर्छ।
यसरी सानो सानो कुरामा ध्यान पुर्याउन सके कोरोनाले गर्भावस्थामा पोषणलाई कुनै असर गर्न सक्दैन् । अन्त्यमा, यस महामारीबाट आफुपनि सुरक्षित बसौं र अरुलाई पनि सुरक्षित गराउ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
