काठमाडौं । अन्ततः स्याङजाको चापाकोट नगरपालिकाको राहत वितरणमा कुटपिटको घटना मिलेको छ ।
चापाकोट नगरपालिकाका प्रमुख शिव गिरीको नेतृत्वमा राहत बितरणका क्रममा चापाकोट नगरपालिका ६ मा पुग्दा सामान्य धकेला-धकेलको बिषयलाई लिएर अनावश्यक राजनीतिकरण गर्न खोजेपछि गिरीकै रोहबरमा उक्त घटनामा मेलमिलाप गराईएको हो ।
आइतबार राहत बाड्ने क्रममा स्थानीय सुमन बिकले नगरपालिकाले राहत बितरण गरेको ठाँउमा आइ नगरपालिकाले बितरण गरेको राहत नलिन आग्रह गर्दै असहज बाताबरण सिर्जना गर्नुका साथै भिडियो खिच्दै नगरपालिकाले दियको राहत थोरै भएको भन्दै, यति राहत त म आफै दिन्छु, नलिय हुन्छ भनी राहत कार्यक्रममा अवरोध सिर्जना गरेका थिए । उक्त बिषयलाई केहि सञ्चारमाध्यमले मेयरले नै कुटपिट गरेको भनेर समाचार प्रकाशन गरेपछि चापाकोट नगरपालिकाले यस सम्बन्धमा स्पष्ट समेत पारेको थियो ।
सामान्य कुरालाई लियर विभिन्न मिडियामा चापाकोट नगरपालिका नगरप्रमुख शिव कुमार गिरि ज्यूलाई जोडेर समाचार प्रकाशन गरेकोले आफुलाई नराम्रो लागेको र केही तत्वहरुले साथी-साथी बीच फटाल्ने दुस्साहस गरेको हुदाँ त्यस्तो नगर्न आग्रह गर्दै सुमन बिक (कुटपिट भएका) ले सामान्य कुरालाई ठुलो नबनाउन आग्रह समेत गरे ।
मेलमिलाप कार्यक्रममा स्वयंम मेयरको समेत सहभागिता रहेको थियो । घटना बाहिर आएपछि सामाजिक सञ्जालमा भाइरलल हुनुका साथै नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपाल स्याङजाले प्रमुख जिल्ला अधिकारी समक्ष बिज्ञप्ति बुझाएको थियो ।
घटना लगत्तै नयाँपुस्ता डटकमले निरन्तर फलो अपो गर्दै यसअघि चापाकोट नगरपालिकाको खण्डन समाचार समेत प्रकाशन गरेको थियो ।
यो पनि :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
