पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
माछापुच्छ्रे गाउँपालिका–९ चिन्नेस्वारा ठाडोखोलामा आज बिहान १०:३० बजेको समयमा ती अज्ञात पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
अन्दाजी ६० वर्षीय पुरुषको कुनै पहिचान फेला नपरेको पनि प्रहरीले बताएको छ। मृतकको पहिचानलगायत थप विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
