काठमाडौँ । जगदगुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक आदरणीय स्वामी श्री हरिदासजीको प्रेरणाबाट श्री राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आव्वहान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन रु १५ लाख सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकम श्री राधा माधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको हो।
स्मरण रहोस् श्री राधा माधव समिति नेपाल, विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय, मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
