भारत हुँदै नेपाल आएका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि भारततर्फै फर्काइयो

झापा । भारतका विभिन्न शहर हुँदै नेपाल आएका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि पूर्वी नाका काँकरभिट्टाबाट भारततर्फै फिर्ता पठाइएको छ। उनीहरु बिहीबार दिउँसो नेपालको पूर्वी सीमा काँकरभिट्टा आइपुगेका थिए।

अध्यागमन कार्यालय काँकरभिट्टामा उनीहरुको शरीरको तापक्रम नाप्दा ज्वरो देखिएपछि भारततिरै फर्काइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

Advertisement

उनले भने, ‘नेपाल आइसकेपछि तपाईंहरुको स्वास्थ्य झन् बिग्रिनसक्छ भनेर सम्झाएर उतै फर्काइदिएका हौं।’

एकजनाका मात्र ज्वरो देखिएको भए अलि शंकास्पद नहुने तर दुई जनामै ज्वरो देखिएपछि कोरोना संक्रमण भएको हो कि भन्ने शंका भएर भारततिरै फर्काइएको पोखरेलले बताए।

More News last news
Loading...