तारकेश्वरको जरंखुमा गण्डकीको ८५ औँ शाखा विस्तार

काठमाडौँ । काठमाडौँको तारकेश्वर–८ जरंखुमा गण्डकी विकास वैंकको नयाँ शाखा विस्तार भएको छ ।

८५ औं शाखाको रुपमा बुधबार एक कार्यक्रमका बीच औपचारीक रुपमा सो शाखाको समुद्घाटन गरिएको हो ।

Advertisement

गण्डकी विकास वैंकका सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सयूक्त
रुपमा रिवन काटेर सो शाखाको उत्घाटन गरेका हुन् ।

पश्चिम नेपालको पोखराबाट सुरु भएको गण्डकी विकास वैंकले नेपालभर आफ्नो शाखा विस्तार गर्नेक्रममा तारकेश्वरको जरंखुमा आज औपचारीक रुपमा उत्घाट्न गरिएको जरंखु शाखा प्रमुख ईश्वर पण्डितले बताए।

गण्डकी विकास बैँकको सो समुद्घाटन कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका करिब २ सय ५० भन्दा बढि मानिसको सहभागीता रहेको थियो ।

More News last news
Loading...