स्याङ्जाको लत्रेपिपलमा बृहत साँस्कृतिक मेलाको तयारी पूरा

स्याङजा । स्याङजाको लत्रेपिपलमा बृहत साँस्कृतिक मेलाको तयारी पूरा भएको छ। लत्रेपिपल क्लवको आयोजनामा पुतलीबजार नगरपालिका वडा नं ३ लत्रेपिपलमा भोलि ९ र १० गते ‘ तेश्रो लत्रेपीपल बृहत सास्कृतिक मेला’ हुँदै छ।

स्थानीय कलाकारलाई प्रोत्साहन गर्नु, आफ्नो मौलिक संस्कृती जोगाउनु र जर्गेना गरेर नेपाल भ्रमण बर्ष २०२० मा धेरै पर्यटकहरु स्याङ्जा भित्राउने आफूहरुको लक्ष्य रहेको क्लवका अध्यक्ष धुव शर्माले नयाँपुस्तालाइृ जानकारी दिए।

Advertisement

कार्यक्रममा चर्चित स्याङ्जाली लोकदोहोरी गायक पशुपति शर्मा, खुमन अधिकारी, घनश्याम रिजालसहित, बिशेषत आधुनिक गीतमा छुट्टै पहिचान बनाएका रमेशराज भट्टराई, गायिकाहरु सम्झना भण्डारी, सीता के.सी., कमला गैह्रे, दोहोरीमा प्रख्यात इन्द्रेणी टिम, कमेडियन च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाली कमेडीयन बिष्णु प्रसाद गौडेल लगायतको दमदार प्रस्तुती रहने क्लवका सचिव मोती प्रसाद मरासिनीले जानकारी दिए ।

यसका अलवा कार्यक्रममा परम्परागत खेल ‘छेलो’ हान्ने प्रतियोगिता अर्को प्रमुख आकषर्णको रुपमा लिईएको छ।

अहिलेको समयमा कतिपयले बिर्सिसकेको खेलमार्फत गाउँले परिवेश झल्काउने कार्यमा आफू र आफ्नो क्लव लागिरेको अध्यक्ष शर्माले बताए।

कार्यक्रममा गण्डकी मेडिकल कजेलद्धारा निशुल्क स्वास्थ्य परिक्षणको समेत ब्यबस्था गरिएको छ भने, बिभिन्न सहयोगी तथा बिशेष ब्यक्तिलाई सम्मान एवं अभिनन्दन कार्यक्रम गरिने छ।

स्याङ्जाको लत्रेपिपलमा बृहत सास्कृतिक मेला, प्रवेश निःशुल्क

More News last news
Loading...