पोखरा । रूपा गाँउपालिका–५ देउराली बजारमा रहेको देउराली युवा क्लबले ११ औ बार्षिक उत्सब विविध कार्यक्रम गरी मनाउने भएको छ ।
फागुन १२ गतेदेखि १५ गतेसम्म खेलकूद तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ।
क्लबले गाँउपालिकामा प्रचलित रहेको खुला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ।
खेल साविकको वार्ड स्तरीय हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन्।
भलिवल प्रतियोगितासंगै स्लो बाइक रेस, घैटो फुटाउने कार्यक्रम, डोरी तान्ने खेल, भाले छोप्ने खेल र बिबिध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको क्लबले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
