काठमाडौँ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा दुर्गा आचार्यलाई निर्बिरोध निर्वाचित गरेको छ।
सदरमुकाम चौतारामा भएको अधिवेशनबाट उपाध्यक्षमा किशोर बुढाथोकी, सुनिता भण्डारी, सचिव–कमला पाख्रीन, सह–सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा आदित्य दाहाल, चयन हुनु भएको छ।
यसै गरि अन्य सदस्यहरुमा अनिस तिवारी, विजय नेपाल, सरस्वती श्रेष्ठ, प्रितम तामाङ, फुलमान तामाङ, सन्तोष सिग्देल र किरण थापा रहेका छन् ।
यसै गरि केन्द्रिय पार्षदमा सुदर्शन आचार्य, पबित्र कुमार खड्का, रामप्रसाद दाहाल, युवराज पुरी, महेश कुमार श्रेष्ठ, ध्रुब दंगाल, विष्णु खड्का, रामचन्द्र दुलाल, सीके चौलागाई, रुपक पुरी, भक्तध्वज बोहोरा, केपी ढुंगाना, नेत्र तामाङ रहनु भएको छ।
प्रदेश पार्षदमा चित्र मिजार, टंक खड्का, विजय नेपाल, हरि न्यौपाने, पूर्णप्रसाद मिश्र, पृथ्वीजंग पाण्डे, राजेन्द्र आचार्य, रबिन्द्र श्रेष्ठ, भरत चौलागाई, किशोर बुढाथोकी, कमला पाख्रिन, सुनिता भण्डारी, सहदेव भण्डारी, आदित्य दाहाल, मानकाजी तामाङ रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेस सिन्धपाल्चोकका सभापति विकास लामाले पत्रकारहले निष्पक्ष रुपमा जनताको आवाजलाई बुलन्द गरी रहँदा वर्तमान सरकारले पत्रकारिता पेशालाई अंकुश लगाउन लागेकोमा दुःख व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
