डब्लुडब्लुजे गण्डकीकाे अध्यक्षमा सरिता चयन

पोखरा । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), गण्डकी अध्यक्षमा सरिता तिम्सिना पगेनी चयन भएकी छन् ।

उपाध्यक्षमा रविना आले मगर (कास्की),सचिव अञ्जु बराल (कास्की),कोषाध्यक्षमा अञ्जना तिमिल्सिना (तनहुँ) तथा सदस्य इन्दिरा गुरुङ (कास्की), रेखाकौशल रेग्मी (म्याग्दी), पार्वती पाण्डे (स्याङ्जा), धनु भुषाल (नवलपुर) र सुनिता शर्मा (पर्वत) छन् ।

Advertisement

यस्तै, कास्की शाखा अध्यक्षमा शीला गुरुङ, उपाध्यक्ष ज्योति हमाल, सचिव वीनु थापामगर र कोषाध्यक्षमा पार्वती पौडेल छन् । सदस्य देविका तामाङ, तानी थापा, सुरक्षा श्रेष्ठ र श्रद्धा सुवेदी चयन भए ।

पोखरामा बिहीबार संस्थाको नयाँ कार्यसमिति घोषणा तथा पुरस्कार घोषणा कार्यक्रम भएको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पत्रकार महिलाको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

यस्तै, शिक्षासेवी हरिषचन्द्र वाग्लेको स्मृतिमा हरिषचन्द्र वाग्ले क्रियाशील पत्रकार महिला पुरस्कार घोषणा गरियो । वाग्लेकी धर्मपत्नी चन्द्रवती वाग्लेले १ लाख १ हजार १ सय ११ रुपैयाँ अक्षयकोष रकमको घोषणा गरेकी हुन् ।

More News last news
Loading...