गण्डकीका दलित पत्रकार संगठित, अध्यक्षमा रेम विक चयन

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम गण्डकी प्रदेश भेलाले रेम बिकको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा बागलुङका लोकेन्द्र सुनार, तनहुँका पूर्ण बिक, कास्कीका सन्तोष परियार, सचिवमा लमजुङका दलबहादुर मजाकोटी, सहसचिवमा कास्की सूर्य परियार र कोषाध्यक्षमा गोरखाकी लक्ष्मी सुनार चयन भए ।

Advertisement

सदस्यमा मुस्ताङकी सरस्वती ल्वागुन, बागलुङका सज्जन सिंह, रामकृष्ण बोघेरा र डिलबहादुर बिक, गोरखाका राम बसेल, मनाङका नेगम परियार, नवलपुरका दयाराम गहतराज र राम सुनार, स्याङ्जाकी कामना सुनार र कास्कीका सुरेनकुमार नेपाली (सुशील) चयन भए । रिक्त २ सदस्य पछि चयन हुनेछन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले भेला उद्घाटन गर्दै आफ्नै वंश भित्र आफ्नै दाजुभाइलाइ किन यस्तो बनाइयो भनी प्रश्न गरे । विभेदपूर्ण लडाइँमा आवाज उठाउने सर्वजित भगतले २००३ सालदेखि आवाज अठाएको व्यक्तिको अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

‘मानिसले नै बनाएको हुँदा मानिसले नै परिवर्तन गर्न सक्ने र त्यो जरुरी छ, दलित किन भनिएको हो र दलित शव्द किन लेखिने यो विषयमा समेत ध्यान जानु जरुरी छ,’ शेरचनले भने । दलितको आवाज नेपालमा मात्र नभइ विश्वमै चर्चाको विषय बनेको उनले सुनाए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, संघीय समाजवादी पार्टी केन्द्रीय सदस्य डिबी नेपाली, राष्ट्रिय दलित पत्रकार संघ नेपाल अध्यक्ष विनोद पहाडी, गण्डकी प्रदेश सभा सदस्य जूनादेवी नेपाली, डोवाटे विश्वकर्मा, दलित पत्रकार संघका केन्द्रीय सदस्य दीपक परियार लगायतले दलित पत्रकारको हकहितबारे बोलेका थिए ।

More News last news
Loading...