दोस्रो नदीपुर एमेच्योर फुटसल टुर्नामेन्ट, उपाधि यति फुटसल क्लबलाई

पोखरा । नदीपुर युनाइटेड क्लबको आयोजनामा भएको दोस्रो नदीपुर एमेच्योर फुटसल टुर्नामेन्टको उपाधि यति फुटसल क्लब मुग्लिङले जितेको छ ।

पोखराको गणेशटोलस्थित बी फिट फुटसलमा शुक्रबार फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि सहित नगद ४० हजार, ट्रफी, मेडल र प्रमाण हात पारेको हो । उपविजेता ब्रदर्शले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

Advertisement

निर्धारित १२/१२ मिनेटको खेलमा दुवैतर्फ समान १ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। यस्तै, ब्रदर्शका अखिलेस कार्की उत्कृष्ट खेलाडी हुँदै फुटसल जुत्ता पाए भने यतिका अशोक तामाङ उत्कृष्ट कीपर हुँदै फुटसल ग्लोब जिते।

हाम्रो फुटबल क्लबलाई फेयर प्ले उपाधि दिइयो। २ दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता थियो। फाइनलमा म्यान अफ दी म्याच सुमन कार्की बने।

विजयीलाई पोखरा ३ का वडाध्यक्ष रवीन्सन प्रजु, कास्की जिल्ला फुटसल संघ अध्यक्ष सञ्जय लिगल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपाल, प्रतियोगिता संयोजक रोविन मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए।

स्वास्थ्यका लागि फुटसल नाराका साथ भएको प्रतियोगिताको मुख्यप्रायोजक अर्जुन गुरुङ हुन् । सो अवसमा ह्याण्डबल खेलाडी विशाल बस्नेत, दिनेश श्रेष्ठ, सुरज देवकोटा र विशाल नेपालीलाई सम्मान गरिएको क्लब सचिव सरोज जलारीले बताए।

More News last news
Loading...