काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो। नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे। उनले ११औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।
अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
