माल्दिभ्सलाई २-१ ले हराउँदै नेपाल साग फुटबलको फाइनल नजिक

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २(१ ले पराजित गरेको छ।

पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।

Advertisement

पहिलो हाफमा बराबरीमा रहेको अवस्थामा नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै १ गोल थपेको हो ।

खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरेका हुन् ।

नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए ।

२६ औं मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए ।

यो जितले नेपाल ३ खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । त्यो खेलमा नेपाल बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ ।

More News last news
Loading...