१४औँ साग पाकिस्तानमा प्रस्ताव, विकल्पमा श्रीलङ्का-माल्दिभ्सको संयुक्त चाहना

१४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजनाको जिम्मा पाकिस्तानलाई दिने प्रस्ताव गरिएको छ।

शनिवार दक्षिण एसिया ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको वैठकले सन् २०२१ मा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले काउन्सिलको वैठकको निर्णय सुनाउँदै भने: “अङ्ग्रेजी वर्णानुक्रम अनुसार साग आयोजक राष्ट्र छानिने हुनाले नेपालपछिको अर्को संस्करण पाकिस्तानले आयोजना गर्ने अधिकार छ।”

Advertisement

व्यवस्था
काउन्सिलको विधान त्यस्तो भएपनि यदि पाकिस्तान तयार नभएको अवस्थामा श्रीलङ्का र माल्दिभ्सले संयुक्त रुपमा आफूहरूले आयोजना गर्ने प्रस्ताव राखेका छन्।

काउन्सिल अध्यक्ष श्रेष्ठले भने: “साग सुरु हुनुभन्दा अगाडि नै काउन्सिलले पाकिस्तानलाई प्रस्ताव राख्नेछ। पाकिस्तान तयार नभए मात्र श्रीलंका र माल्दिभ्सले मौका पाउनेछ।”पाकिस्तानले यसअघि चौथौ र नवौँ सागको आयोजना गरिसकेको छ।

टापुहरूको देश माल्दिभ्सले अहिलेसम्म दक्षिण एसियाली खेलकुद आयोजना गरेको छैन।

बैठकमा सागमा सहभागी हुने सातवटै सदस्य राष्ट्रका प्रतिनिधिहरुको उपस्थिति थियो।अफ्गानिस्तान भने दक्षिण एसियाली क्षेत्रिय संगठन सार्कको सदस्य भए पनि १२औं दक्षिण एसियाली खेलकुदपछि उसले आफूलाई मध्य एसियाली संरचनामा लगेको छ।

काठमाडौंमा आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताको १३औँ संस्करणको समापन समारोहमा अर्को संस्करणको आयोजक राष्ट्रले आधा घण्टा प्रस्तुति दिने कार्यक्रम छ।

More News last news
Loading...