कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

भट्टले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाजसँगै अग्रजको अनुभव र मार्गदर्शनलाई जोड्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्। आफूलाई कांग्रेसको ‘जरा’का रूपमा उभ्याउँदै उनले ‘म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्’ भनेका छन्। परम्पराको सम्मान गर्दै परिवर्तनलाई आत्मसात् गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै भट्टले ‘बा’देखि युवासम्म र दाइदेखिएआईसम्मलाई जोड्ने ‘डिभाइस’ बन्न चाहेको उल्लेख गरेका छन्। ‘अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो,’ भट्टले भने।

Advertisement

महाधिवेशन प्रतिनिधिको विश्वास, साथ र शुभेच्छाबाट आफ्नो उम्मेदवारी अनुमोदन गरिदिन अपिल गर्दै उनले कांग्रेसलाई कार्यकर्ताले चाहेजस्तो बनाउन कुराभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

More News last news
Loading...