इस्लाम धर्मका संस्थापक एवं प्रवर्द्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमको १५०१औँ जन्मजयन्तीको अवसरमा पुतलीबजार नगरपालिकाले नगरपालिका मातहतका कार्यालय तथा निकायहरूमा सार्वजनिक बिदा दिने निर्णयगरेको छ। नगर कार्यपालिकाको २०८३ भदौ ४ गते बसेको बैठकको निर्णयअनुसार भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचनामा उक्त दिन पुतलीबजार नगरपालिका मातहतका कार्यालय तथा निकायहरूमा सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ। नगर प्रमुख तुलसीराम रेग्मीद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाले धार्मिक तथा सांस्कृतिक पर्वको सम्मान गर्दै सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ।
इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाइने पैगम्बर मोहम्मद मुस्तफाको जन्मजयन्तीले धार्मिक सहिष्णुता, सद्भाव र सामाजिक एकताको सन्देशसमेत प्रवाह गर्ने विश्वास गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
