स्याङ्जा बाड्खोला मुस्लिम समाजले पैगम्बर हजरत मोहम्मद मुस्तफाको जन्मोत्सव बाह्र रबीउल अव्वल १५०१ हिजरीकोअवसरमा आइतबार आँधीखोला गाउँपालिका–२, काफलटारीस्थित गुरुकुल वेदविद्याश्रमलाई नगद १० हजार रुपैयाँसहितखाद्यान्न सामग्री समेत सहयोग गरेको छ।
धार्मिक आस्थालाई सामाजिक सेवा, वातावरण संरक्षण र मानव कल्याणसँग जोड्दै आयोजित कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक उत्तरदायित्व र सहकार्यको सकारात्मक सन्देश दिएको समाजले जनाएको छ। वृक्षारोपण र सहयोगले भावीपुस्ताका लागि स्वच्छ वातावरण निर्माणसँगै सामाजिक सेवाको भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
सोहि अवसरमा समाजले शनिबार वृक्षारोपण तथा सहयोग कार्यक्रम सम्पन्न गरेको थियो। जन्मोत्सवका अवसरमा वातावरणसंरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश दिने उद्देश्यले बर, पीपललगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा समाजका अध्यक्ष अलिमिया, पूर्व अध्यक्ष हाजी सेरअली, निवर्तमान अध्यक्ष सैदुदिन अली, वरिष्ठ उपाध्यक्ष शाखालीद मियाँ, पूर्व सचिव हाजी शाह मोहम्मद, सचिव अयुब मियाँलगायत पदाधिकारी तथा सदस्यहरूकोसहभागिता रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
