जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस स्याङ्जामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।गण्डकी प्रदेशसरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र कालिगण्डकी गाउँपालिकाको समन्वयमा । जातीयविभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस को अवसरमा कालिगण्डकी गाउँपालिका चण्डीभञ्ज्याङमा विविध कार्यक्रम गरीमनाइएको हो ।
अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रममा बोल्दै कालिगण्डकी गाउँपालिकाकी कार्यबहाक अध्यक्ष सावित्रा कोइरालालेसमाजमा हुने कुनै पनि किसिमको विभेद विरुद्ध आवाज उठाउनु पर्ने कुरामा जोड दिदैँ यस्ता रचनात्मक कार्यक्रमले सिंगोसामाजमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन । उनले दलित समुदायको उन्नती र हितको लागि सचेतनासँगैसिप र उद्यमशीलताका काम गर्न पालिकाले जोड दिएको बताइन ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले सामाजिक न्याय र समानतामूलक समाज निर्माणमा सबैको हातेमालोआवश्यक रहेको औँल्याउदै सरकारले पछी परेका समुदायको जीवनस्तर माथी लैजान सीप विकास र उत्पादनमूलककार्यक्रममा जोड दिने बताए । उनले अझै पनि देशका विभिन्न क्षेत्रमा जातीय भेदभावका घटना सुनिने गरेको हुदाँ सचेतनासहितको शिक्षा र प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा कालिगण्डकी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण बहादूर लामिछानेले समाजमा कुनै प्रकारको विभेदसिर्जना हुन नदिइने बताए । कार्यक्रममा कालिगण्डकी प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव भिम श्रेष्ठ , प्रहरी चौकिकालिगण्डकीका सहायक हवल्दार सुनिल सेन लगायतले कानून कार्यान्वयन सँगै सचेतनाबाट विभेद अन्त्य गर्न सकिने कुराबताएका थिए ।
आमासमूह, नागरिक समाज, विद्यार्थी, स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रममा साहित्य र सिर्जना मार्फत्समानताको आवाजको लागि विभिन्न गीत, कविता, नृत्य प्रस्तुत गर्ने सहभागिहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदानगरिएको थियो । एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिकृतभिमप्रसाद पाध्यायले गरेका थिए ।
नेपाल सरकारले २०६३ साल जेठ २१ गते मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
