चेम्बर स्याङ्जाको आयोजनामा मुल्य पारदर्शिता सप्ताह विषयक अन्तरक्रिया

स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जाले मुल्य पारदर्शिता सप्ताह कार्यक्रमलाई अघि बढाएको छ । चेम्बर स्याङ्जाले नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको वि स २०८३ बैशाख २५ गतेको परिपत्र अनुरुपको बैशाख २८ देखि जेठ ३ सम्मका लागि तोकिएको मुल्य पारदर्शिता सप्ताह (प्राईस ट्रान्सप्यारेन्सी विक) को विषयमा शनिबार अन्तरक्रिया एवम् सचेतनामुलक कार्यक्रम गरेको हो ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन गरिएको मूल्यपारदर्शिता सप्ताह अन्तर्गत बजारमा उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मूल्य स्पष्ट रूपमा उल्लेख गर्न, मूल्यसूची अनिवार्य राख्न तथा कालोबजारी एवं कृत्रिम अभाव नियन्त्रण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

Advertisement

सप्ताहका अवसरमा बजार अनुगमन, व्यवसायी तथा उपभोक्ताबीच अन्तरक्रिया, उपभोक्ता अधिकार सम्बन्धी जनचेतनामूलक अभियान तथा मूल्यसूची निरीक्षणजस्ता गतिविधि सञ्चालन गरिएका छन्। सरोकारवाला निकायहरूले पारदर्शी बजार प्रणाली निर्माण, स्वस्थ व्यापार प्रवर्द्धन तथा उपभोक्ताको अधिकार संरक्षणका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

More News last news
Loading...