मुक्तिनाथको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : रजस्थलका १ सय १७ विद्यार्थीलाई ट्रयाकसुट वितरण
मुक्तिनाथ विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको रजस्थल माध्यमिक विद्यालयमा विद्यालय पोषाक वितरण गरेको छ । बैंकले सोमबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको ७५औँ वार्षिक उत्सव तथापुरस्कार वितरण कार्यक्रमको अवसर पारेर पोषाक अन्तर्गत १ सय १७ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको हो ।
ट्रयाकसुट वितरण गर्दै बैंकका सन्चालक समिति सदस्य भरत प्रसाद लम्सालले जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ भन्ने अभिप्रायले अघि बढीरहेको बैंकले दुर दराज, विपन्न वर्गका बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि यस्ता थुप्रै कार्यक्रम गर्दै आएको बताए ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्लले गरेका थिए । कार्यक्रममा वडा सदस्य मुबारक मियाँ, मुक्तिनाथ विकास बैंकका क्षेत्रीय निरीक्षण शाखाका उपनिर्देशक ऋषि नाथ ढकाल, स्याङ्जा शाखा प्रबन्धकयुवराज ढकाल लगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक इन्द्रमणिढकालले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
