स्याङ्जाको पुतलीबजार ५ र ७ मा पर्ने हरिहर मन्दिरमा गत चैत ११ देखी १८ सम्म सन्चालित श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको बुधबार आयब्यय विवरण सार्वजनिक गरिएको छ । हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा गर्ने, बृह्त आध्यात्मिक तथा पर्यटकीय धाम निर्माणका साथै ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने महान सँकल्पका साथ सन्चालित महायज्ञको खर्च विवरण एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
महायज्ञमा विभिन्न शिर्षकमा गरी जम्मा ६५ लाख ५० हजार ९ सय ५९ रुपैयाँ आम्दानी र ३३ लाख ६३ हजार १ सय ३२ रुपैयाखर्च भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।महायज्ञमा बचत रकम राष्ट्रिय बाणीज्य बैंक र चाँदनी बचत तथा ऋणसहकारी संस्था लिमिटेडमा जम्मा रहेको र त्यसबाट केही मन्दिरको पूर्वाधार निर्माण गर्ने र बाँकी रकमको अक्षकोष निर्माणगरि सोको व्याजबाट दैनिक पूजाको प्रबन्ध र गतिविधिमा खर्च गरिने अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए ।
महायज्ञमा सबैको सहयोग र मितब्ययी खर्चको वातावरण गरेकोले लक्ष्य अनुसार रकम संकलन र बचत गर्न सफल भएकोबताउँदै अध्यक्ष रेग्मीले दान सहयोग उपलब्ध गराउनुहुने प्रति आभार व्यक्त गरे । उनले मन्दिरको परिकल्पना देखि हालसम्मसहयोग गर्ने सबैको नामावली मन्दिर परिसरमा सिंगमरमरमा अभिलेख गरिने बताउँदै मन्दिर परिसरमा धार्मिक तथाअध्यात्मिक गतविधिमा संचालन गर्न गराउनमा सबैको सहयोगको अपेक्षा राखे ।
कार्यक्रममा जग्गादाता पूर्ण प्रसाद रेग्मी, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारलेमहायज्ञबाट संकलित रकमको सही सदुपयोग गर्न र उद्धेश्य अनुसारका क्षेत्रमा खर्च गरि मन्दिर र यसका गतिविधिको दिगो संचालनमा परिचालन गर्न अनुरोध गरे ।
कार्यक्रममा मयायज्ञमा सहयोग पुराउने संचारकर्मी रमेश गोदार र पवन मरासिनी एवं सुरक्षकर्मी प्रहरी सहायक निरिक्षकडिल्लीराम पौडेललाई रामनामी र सम्मान पत्रले सम्मानित गरिएको थियो । महायज्ञ आयोजक समितिका अध्यक्ष रेग्मीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पंडीत कमलापति रेग्मीले स्वागत एवम् स्वस्ती बाचन गरेका थिए भने कार्यक्रमकोसंचालन सचिब कृष्णप्रसाद रेग्मीले गरेका थिए । महायज्ञ अवधिमा हरिहर भगवानको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो, श्रीमद्भागवत महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले संगीतमय भागवत वाचन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
