पाणिनी आश्रमद्वारा सन्चालित सत्संग सप्ताह समापन, सोचेभन्दा बढी लक्ष्य प्राप्ति

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमद्वारा यहि बैशाख ७ देखि सन्चालित श्रीमद्भागवत सत्संग सप्ताह, वास्तु पुजन, लघुरुद्राभिषेक, सांगितिक कथा प्रवचन एवम् निर्माणाधिन भैरवेश्वर शिव पान्चायन मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । आईतबार १००८ स्वामि ईश्वरानन्दले सो कार्यक्रमको बिधिवत् समापन गरेका हुन् ।

कार्यक्रममा स्वामी ईश्वरानन्द सहित १००८ स्वामी हंसानन्द, युवा पण्डित प्रशान्त ढकाल,सल्लाहकार सदस्य हिमलाल पुरी, समाजसेवी मखमली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सप्ताहमा १००८ स्वामी ईश्वरानन्द र युवा पण्डित प्रशान्त ढकालद्वारा दैनिक कथा वाचन गरिएको थियो भने सांगितिक टोलिद्वारा रात्रीकालिन भजन कृतन समेत गरिएको थियो । यस्तै, पण्डित पुण्य प्रसाद तिमिल्सिनाद्वारा यज्ञ समापन गरिएको थियो ।

Advertisement

आश्रमका अध्यक्ष चुणामणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव ऋषिराम शर्माले गरेका थिए । सो अवसरमा गुरु, बटुक र प्राविधिक तथा सांगितिक टोलीलाई प्रमाणपत्र सहित दक्षिणा प्रदान गरिएको थियो ।

मौलिक संस्कार  संस्कृति सभ्यता जोगाउनु र प्रचार गर्नु आवश्यता भएकाले र धार्मिक जागरण वृद्दि गर्नका लागि आयोजना गरिएको यो सप्ताह उद्देश्यका लागि सफल भएको युवा पण्डित ढकालले बताए । यस्तै, आश्रमको सतरोन्नती, निर्माणाधिन मन्दिरको शिलान्यास एवम् निर्माण गर्ने लगायतका उद्देश्य बोकेर सन्चालन गरिएको सप्ताहमा करिब २० लाख सहयोग रकम संकलन भएको र सोचेभन्दा पनि बढी कार्यक्रमले लक्ष्य प्राप्त गरेको सचिव शर्माको भनाई छ ।

More News last news
Loading...