स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको काजिमान हरिटिका माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन, पुरस्कार तथा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई छात्रवृति भने गुरुदत्त मनरुपा अक्षयकोषमा जम्मा गरिएको रकमबाट प्रदान गरिएको हो ।
बिहिबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन विद्यालयका विशिष्ट आजिवन सदस्य तथा समाजसेवी रंगनाथ रेग्मीले गरेका थिए । कार्यक्रममा पुतलीबजार नगरपालिकाकि पुर्व नगर प्रमुख सीमा क्षेत्री, अक्षयकोषदाता ख्यामनारायणपराजुली, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गोविन्द प्रसाद शर्मा,शीतला मा वि का प्रधानाध्यापक बलराम दोरंगा, सल्लाहाकारमुक्तिप्रसाद रेग्मी, विद्यालयका प्रधानाध्यापक पोतप्रसाद अर्याल, अभिभावक विष्णु ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रीता शर्मा र सञ्चालनयुवराज पौडेलले गरेका थिए भने विद्यार्थीको तर्फबाट रितिका के सि र ओजस्वी सिग्देलले नेपाली र अङ्ग्रेजीमा स्वागत मन्तव्यराखेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
