प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्याङ्जाको पुतलीबजारमा पुतलीबजार एकेडेमिक क्लस्टर फर एक्स्सेलेन्स पेस स्याङ्जाद्वारा आयोजित पुतलीबजार नगर भित्र रहेका नीजि तथा आवासीय विद्यालयमा अध्यापनरत पुर्व बाल बिकासशिक्षकहरुको क्षमता विकास तालिमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, हिसान स्याङ्जाका अध्यक्ष लेखनाथ रेग्मी,प्याब्सन, स्याङ्जाका सचिव हरि प्रसाद अर्याल, प्याब्सन, स्याङ्जाका सल्लाहाकार दिपक मरासिनी, भु. पु. सैनिक आवासीय मा. वि.का सञ्चालक समिति अध्यक्ष कृष्णमान प्रधान, प्रिन्सिपलहरु यदु कुमार थापा, राकेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम पेस स्याङ्जाका अध्यक्ष मुक्त बहादुर रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुतलीबजारका फोकल पर्सन ध्रुव बन्धु पौडेलले स्वागत एवम् सन्चालन पेस स्याङ्जाका सचिव मनोज मल्लले गरेका हुन ।
तालिममा पुतलीबजार नगरपालिका भित्रका आठ वटा नीजि तथा आवासीय माध्यमिक विद्यालयका ६० जना पुर्व बालबिकास शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक शेर बहादुर क्षेत्रिले सहजिकरण गर्नेछन् भने भु. पु. सैनिकआवासीय मा. वि. मा सञ्चालन भईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
