पुतलीबजार एकेडेमिक क्लस्टर फर एक्स्सेलेन्स स्याङ्जाको आयोजनामा आयोजित कक्षा १ देखि १० सम्मका शिक्षकहरुका लागि क्षमता अभिबृद्दि तालिमको शुभारम्भ भएको छ । पुतलिबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले मंगलबार सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, हिसान स्याङ्जाका अध्यक्ष लेखनाथ रेग्मी, नगर शिक्षाअधिकृत शोभा बस्याल, शिक्षक संघ पुर्व उपाध्यक्ष भरत लम्साल, पुतलिबजार नगरपालिका फोकल पर्सन ध्रुबबन्धु पौडेल, प्याब्सन स्याङ्जाका सल्लाहाकार दिपक मरासिनि, प्रिन्सिपलहरु यदु कुमार थापा, राकेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।
पेस स्याङ्जाका अध्यक्ष मुक्त बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्याब्सन स्याङ्जाका सचिव तथापेस स्याङ्जाका कोषाध्यक्ष हरि प्रसाद अर्यालले गरेका थिए । तालिममा पुतलिबजार नगर भित्रका आठ वटा नीजि तथाआवासीय माध्यमिक विद्यालयका सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको छ ।
यस्तै, कृष्ण बहादुर गोदार, लक्ष्मी नारायण कोइराला, बिक्रम पौडेल, चण्डि सुवेदी र ओम बिकास सिञ्जालिलेप्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् । प्रशिक्षण कार्यक्रम पुतलिबजार नगरपालिकाको सभाहल तथा भु. पु. सैनिकआवासीय मा. वि. मा सञ्चालन हुने पेस स्याङ्जाका सचिव मनोज मल्लले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
