पाणिनी आश्रमद्वारा आयोजित सत्संग सप्ताह सुरु

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमद्वारा आयोजित श्रीमद्भागवत सत्संग सप्ताह, वास्तु पुजन, लघुरुद्राभिषेक, सांगितिक कथा प्रवचन एवम् निर्माणाधिन भैरवेश्वर शिव पान्चायन मन्दिरको शिलान्यास कार्यक्रम शुभारम्भ भएको छ ।

सोमबार पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सो सप्ताहको उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख रेग्मी, १००८ स्वामि ईश्वरानन्द, पाणिनी आश्रमका पुर्व अध्यक्ष पुण्य प्रसाद पौडेल, सल्लाहकारहरु लोकनाथ रेग्मी, भरत प्रसाद लम्साल, हिमलाल पुरी, यस्तै, मखमलि श्रेष्ठ र मुक्ति प्रसाद रेग्मि लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैशाख ७ अर्थात् सोमबार देखि सुरु भएको सप्ताह १३ गतेसम्म चल्नेछ । आश्रमका अध्यक्ष चुणामणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव ऋषिराम शर्माले गरेका थिए ।

Advertisement

सत्संग सप्ताहमा श्री १००८ स्वामी ईश्वरानन्द र युवा पण्डित प्रशान्त ढकालद्वारा कथा वाचन गरिनेछ  । मौलिक संस्कार  संस्कृति सभ्यता जोगाउनु र प्रचार गर्नु आजको आवश्यता भएकाले र धार्मिक जागरण वृद्दि गर्नका लागि सप्ताहको आयोजना गरिएको आयोजकको भनाई छ । यस्तै, आश्रमको सतरोन्नती, निर्माणाधिन मन्दिरको शिलान्यास एवम् निर्माण गर्ने लगायतका उद्देश्य रहेको आश्रमका सचिव शर्माले जानकारी दिए । सप्ताहमा दैनिक कथा वाचन संगै रात्रीकालिन सांगितिक प्रस्तुति पनि रहनेछ ।

More News last news
Loading...