त्रि आ क्याम्पसमा सरस्वती मन्दिरको शिलान्यास

स्याङ्जा सदरमुकाम स्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गर्न लागेको सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच विद्यालय प्राङ्गणमा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यास पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मीले गरेका हुन ।

Advertisement

यस्तै, शिलान्यास कार्यक्रमको पुजा विधि सन्चालन युवा ज्योतिष एवम् युवा पण्डित अमृत रेग्मीले गरेका थिए । स्ववियु सभापती देवदत्त सुवेदी गोपीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव असिम भण्डारीले गरेका थिए ।

स्याङ्जाकै पुरानो र ऐतिहासिक महत्व बोकेको सो क्याम्पसलाई थप आकर्षक र आध्यात्मिक रुचि बढाउनका लागि मन्दिर निर्माण गर्ने लक्ष्यले अघि बढेको सभापति  सुवेदीले बताए । कार्यक्रममा क्याम्पससंग सम्वध्द, क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

More News last news
Loading...