पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमको आयोजना हुन लागेको श्रीमद्भागवत् सत्संग सप्ताह भोलिदेखि सुरु हुदैछ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको सो आश्रमको आयोजनामा यहि बैशाख १३ गतेसम्म हुने श्रीमद्भागवत सत्संग सप्ताह, वास्तु पुजन, लघुरुद्राभिषेक, सांगितिक कथा प्रवचन एवम् निर्माणाधिन भैरवेश्वर शिव पान्चायन मन्दिरको शिलान्यास कार्यक्रम एकैसाथ भोलिदेखि हुन लागेको हो ।
सत्संग सप्ताहमा श्री १००८ स्वामी ईश्वरानन्द र युवा पण्डित प्रशान्त ढकालद्वारा कथा वाचन हुने जनाईएको छ । सप्ताहको लागि आवश्यक सम्पुर्ण तयारी पुरा भईसकेको जनाईएको छ भने श्रध्दालु भक्तजनहरुलाई निमन्त्रणा एवम् प्रसारको कार्य विभिन्न सन्चार माध्यमहरुबाट गरिसकिएको आश्रमका सचिव ऋषिराम शर्माले जानकारी दिए । मौलिक संस्कार संस्कृति र सभ्यताजोगाउनु र प्रचार गर्नु आजको आवश्यता भएकाले सप्ताहको आयोजना गरिएको युवा पण्डित ढकालले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
