खुमा फाउन्डेसनद्वारा पन्चकन्या मा वि का विद्यार्थीहरुका लागि २ सेट कम्प्युटर हस्तान्तरण

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पन्चकन्या माध्यमिक विद्यालयलाई २ सेट कम्प्युटर हस्तान्तरण गरेको छ । फाउन्डेसनले बिहिबार सो विद्यालयको ५१ औं वार्षिकोत्सब समारोहको अवसर पारेर २ सेट कम्प्युटर हस्तान्तरण गरेको हो ।

विद्यार्थीहरुलाई प्रविधीमैत्री शैक्षिक सिकाइका लागि सहायता प्रदान होस् भन्ने उद्देश्यले २ वटा मोनिटर, सिपियु, किबोर्ड र माउससहितका सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

Advertisement

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष शर्मा सहित सचिव ध्रुव शर्मा, सहसचिव सागर पौडेल, शिक्षा विभाग विज्ञ सदस्य बन्दना लम्साल लगायतले सो सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

वार्षिकोत्सबको उद्घाटन अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीले गरेका थिए भने पालिका उपाध्यक्ष सपना गुरुङ लगायतको उपस्थिति रहेको थियो।

More News last news
Loading...