शुक्लागण्डकी जेसीजमा नयाँ नेतृत्व : अध्यक्षमा भुजेल, महासचिवमा सिग्देल

तनहुँ । १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था नेपाल जेसीज अन्तर्गतको शुक्लागण्डकी जेसीजको २३ औँ वार्षिक अधिवेशनबाट बर्ष २०२६ को लागि नयाँ नेतृत्व चयन गरेको छ ।

आज सम्पन्न २३ औँ अधिवेशनबाट सुशील थापा भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा भुजेल सहित अनिश ढकालको समेत उम्मेद्वारी परेको थियो । छलफल पछी अनिष ढकालले उम्मेद्वारी फिर्ता लिएर भुजेललाई समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष चयन भए ।

Advertisement

समितिको कार्यकारिणी उपाध्यक्षमा सागर लामिछाने र भिष्म श्रेष्ठ, महासचिवमा मदन सिग्देल, कोषाध्यक्षमा सुरज लम्साल, कानुनी सल्लाहकारमा महेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सन्तोष महत सुवास शाही ठकुरी, रमेश सिग्देल, कोशिस पोख्रेल र वृद्धि सभापतिमा अनिस कुमार ढकाल चयन भए ।

यसअघि कार्यकारिणी उपाध्यक्ष समेत भईसकेका महासचिव पदमा निर्वाचित सिग्देलले शुक्लागण्डकी जेसीजलाई नयाँ नेतृत्वले अझ परिस्कृत र परिमार्जन गरेर लैजानुका साथै युवामुखी कार्यक्रमहरु सञ्चालन गरिने प्रतिक्रिया दिए ।

More News last news
Loading...