विश्वकप विजेता रोबर्टो कार्लोस काठमाडौँमा

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् ।

मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। नेपाल सुपर लिग (एनएसएल)को खेल अवलोकन गर्न काठमाडौं उत्रिएका कार्लोस आज दशरथ रंगशालामा हुने दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन्।

Advertisement

More News last news
Loading...