पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान मंगलबारदेखि

काठमाडौँ । नेपाल सरकारले यस वर्ष एचपीभी खोपको औपचारिक राष्ट्रिय अभियान सुरु गरेको छ। खोप कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप लगाइने भएको हो। यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका विद्यालयहरूमा एच. पी.भि खोप कार्यक्रम सञ्चालन गरिने छ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत दिल कुमार दुवालका अनुसार यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। उनले यसअघि प्रदेश र काठमाडौं उपत्यकाका केही अस्पतालमा नमुना खोप परीक्षण गरिएको जानकारी गराए।

Advertisement

चागुनारायण नगरपालिकामा जम्मा २०,९४४ जना किशोरीहरुलाई एचपीभी खोप दिइने भएको छ, जस मध्ये २०,४०५ विद्यालय जाने छात्राहरु हुने आकडा रहेको चागुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुवालले बताए।

विश्वमा हरेक २ मिनेटमा १ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेको छ। नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुख्य क्यान्सर दोस्रो सबैभन्दा धेरै हुने क्यान्सर हो। महिलाहरुमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको क्यान्सर चौथो मुख्य क्यान्सर हो। संसारमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी तथा मृत्यु हुने संख्यामा पनि न्यून र मध्यम आय भएका देशहरुमा देखिएको कुरा युनिसेफले जनाएको छ।

पाठेघरको तल्लो भाग योनिलाई जोडने भागमा लामो समय ह्युमन प्यापिलोमा नामक भाइरसको सङ्क्रमणको कारण हुने गर्दछ । एच आइ भि भएका युवतीहरुले यो खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा जनमानसमा हुनसक्छ । सुन्दा एच.आइ. भि र एचपीभी उस्तै उस्तै सुनिए पनि दुई फरक किसिमका भाइरस हुन । एच.आइ.भि भएकाहरुले यो खोप झन् लगाउन जरुरी हुन्छ किनकि एच .आइ.भि भएकाहरुलाई एचपीभीको सङ्क्रमणको जोखिम झन् बढी हुने भएकोले यो खोप अझ प्रभावकारी हुने गर्दछ ।

यो खोप नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत नि:शुल्क दिइने सबै खोपहरु बिश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छ । नेपालको औषधि ब्याब्स्था बिभागले समेत स्वीकृत दिएपछि मात्र प्रयोगमा ल्याउने गरिन्छ । यस अभियानमा प्रयोग गरिने एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भइ विभिन्न देशमा प्रयोग भइरहेको खोप हो। यो खोप नेपालको औषधि ब्याब्स्था बिभागले गत बर्स नै प्रयोग गर्न स्वीकृत दिएको थियो ।त्यस पछि यो खोप राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रयोगमा आउने भएको हो ।

More News last news
Loading...