चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

एजेन्सी l चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ । यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ।

यसले रेलको अगाडिको भागको तौल २५ प्रतिशत र बोगी अर्थात डब्बाहरुको तौल ५० प्रतिशतले घटाउँछ। रेलका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक रेलको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताउनुभयो।

Advertisement

यसले गर्दा वार्षिकरूपमा एक सय ३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ। विशेषगरी कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । यसको संरचनाको स्थायित्व बढाउँछ। यस रेलको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ।

रेलमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि रहेको छ।

More News last news
Loading...