काठमाडाैं | राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष आचार्यलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।
उनी श्रम ज्योति क्लबको संस्थापक अध्यक्षसमेत हुन् । उपाध्यक्षमा नियुक्ति भएपछि आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको प्रवर्द्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
