ए दुःख तँलाई थकाइ लागेन र ?

ए दुःख तँलाई थकाइ लागेन र
ए चोट तेरो आँसु झरेन र
मलाई सताउँदा सताउँदा
अब त पिरहरु पनि हार्नुपर्ने हो
खुशी आउनु परेन र l

हुन त पराईले हारेर आफ्नाहरू थपिएका छन् मलाई रुवाउन
न पराइलाई अँगाल्न सक्छु न आफ्नालाई पराई भन्न सक्छु
ए आफ्नाहरुहो मेरो चोटले तिमीलाई असर गरेन र
मलाई सताउँदा सताउँदा अब त पिरहरू पनि हार्नुपर्न हो
खुसी आउनु परेन र l

Advertisement

ए दुःख तँलाई थकाइ लागेन र
ए चोट तेरो आँसु झरेन र

कमजोरलाई नै भाँच्नेरैछन् खुसी मान्दै हास्नेरैछन्
आफ्नो पराई दुःखमै त रैछ चिन्ने चिनिसकेँ
मलाई सताउँदा सताउँदा
अब त पिरहरु पनि हार्नुपर्ने हो
खुशी आउनु परेन र l

ए दुःख तँलाई थकाइ लागेन र
ए चोट तेरो आँसु झरेन र ll

More News last news
Loading...