काठमाण्डाै । इङ्गल्यान्डका अलराउन्डर ड्यानियल अलेक्जेन्डर डौटवेटले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २७ वर्षीय अलराउन्डर ड्यायिललाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको काठमाण्डौ गुर्खाजले जनाएको छ।
ड्यानियलले ६२ टी–२० क्रिकेटमा ६ सय ३० रन बनाउनुका साथै ५७ विकेट लिएका छन् । काठमाण्डौले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका गेरहार्ड इरसमस र इङ्गल्यान्डका स्टेफेन इस्किनाजीलाई अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेका काठमाण्डौमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । एनपीएलमा एउटा टोलीले चार जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
