काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताए । समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताए।
सभापति न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा। नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताए । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रश्तावित राजदुत शंकर शर्माको लागि फरक मत रहेको बताए ।
समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताए । उनले अहिले दुई राजदुत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
