काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको घरेलु फ्रेन्चाइजी लिग नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरुको छनोट अक्सनबाट हुने भएको छ।
एनपिएलको पहिलो संस्करण आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ। त्यसका लागि टोलीहरुको टुंगो समेत लागिसकेको छ। केहि दिन अगाडी मात्रै एनपिएलमा सहभागी हुने टोलीहरुको स्वामित्वको टुंगो लगाएको थियो। क्यानले गत साता मात्रै ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोड बिक्री गरेको थियो। एनपिएलक टोलीहरुको स्वामित्वको टुंगो लागिसकेपछि अब क्यानको ध्यान प्रतियोगिता तर्फ केन्द्रित भएको छ।
क्यानले खेलाडी अक्सन सेप्टेम्बरको अन्त्य सम्ममा गर्ने योजना बनाएको छ। एक टोलीमा १६ खेलाडीसम्म हुने क्यान निकट श्रोतले जनाएको छ। टोलीमा विदेशी खेलाडी कति जना हुने भन्ने तय हुन भने बाँकी नै छ। त्यसभन्दा अगाडी क्यानले टोलीहरुका मार्की खेलाडीहरु सार्वजनिक गर्नेछ। नेपालबाट खेलेका वर्तमान टोलीका शीर्ष खेलाडीहरुलाई टोलीका मार्की खेलाडीको रुपमा सार्वजनिक गर्ने क्यानको तयारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
