जनमत कसैको बिर्ता हैन, जनताले जुनसुकै बेला फिर्ता लिन सक्छन् !

राजन सुवेदी l नेपाली राजनीतिक आकाशमा जनमतको कदर कमै मात्रै राजनीतिज्ञले गरेको पाईन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को त्याे लामाे पृष्ठभूमि हेर्ने हाे भने जनताको ओठले लिने नाम सायदै आधा दर्जन प्रधानमन्त्रीकाे नाम आउँदैन हाेला । प्रजातान्त्रिक पृष्ठभूमिमा आफ्नो राजनीति अगाडि बढाएका वीपी कोईराला, कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारको नेतृत्व गरेका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, दश बर्षको कठोर संघर्षपछि बनेको गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लगायतका केहि नेताहरुको नाम जनताले लिने गरेका छन् । यद्दपि यहि नाममा पनि सबैले विकास र समृद्धिसंग जोडेर हेरेको पाईदैँन जनताको सामान्य समस्या देखि ठुलो समस्या समाधान गर्ने नीति विचार सहित आएको मनमोहन सरकार पछि अरुले जनताको आशा जोगाउन सकेको देखिँदैन ।

नेपाली जनताले उच्च आशा देखेका केही नेताहरु जस्ले जनमत जाेगाउन सक्थे कि भन्नि थियो तर बिडम्बना उनिहरु त्याे नेतृत्वमा पुग्नै नपाई यश धर्तिबाट बिदाई हुन पराे । ५० काे दशकका सर्वाधिक लाेकप्रिय नेता जननेता मदन कुमार भण्डारीलाई नेपाली जनता प्रधानमन्त्री भयकाे देख्न चाहान्थे तर उनीलाई पनि युवा अबस्थामै देशले गुमायो देशले सर्वाधिक अपेक्षा गरेको डाक्टर बाबुराम भट्टराई अर्थ मन्त्री हुदा जुन लाेकप्रियता कमायका थिय प्रधानमन्त्री हुदा त्याे लाेकप्रियता जाेगाउन सकेनन् ।

Advertisement

त्याे निर्वाचन क्षेत्र त फलानो पार्टीको गढ हाे नि । त्यहा त त्याे पार्टीको उमेदवार जस्तो उठेपनि जित्छ अब यस्ता कुराहरु बिरलै सुन्न पाईने छ । नेपाली जनताको चेतना निकै फराकिलो भैसकेको छ अब कुनै धुर्त राजनितीज्ञले गढ बनाउछ बनायो भन्ने कुरा बकवास मात्रै हुने छन । २०४६ पछिकाे राजनीति लाई फर्केर हेराैन कति निर्वाचन क्षेत्रमा कति थरि उमेदवारले बिजय प्राप्त गरे कतिले पराज? जनमत कसैको बिर्ता हैन भन्ने कुरा काे सबैभन्दा बलियो प्रमाण चाहिँ २०७९ मा सम्पन्न स्थानिय तहकाे निर्वाचन र २०८० मा सम्पन्न संघ र प्रदेश सभाकाे निर्वाचन काे मत परिणाम पनि हाे ।

देशभरिका तथ्यांक संकलन गरेर हेराै त ०७९ काे स्थानीय तहमा करिब करिब ३५८ जना स्वतन्त्र उमेदवारहरु बिजय भयका छन साेचाैत ती ३५८ स्थान पहिलो चुनाबमा कुनै न कुनै राजनीति पार्टीका उमेदवार हरुले जितेको स्थान थियनन र ? देभरि चर्चामा रहेका वालेन, हर्क, गाेपि लगायतका स्वतन्त्र उमेरको बिजय के जनताको मत फिर्ता अभियान काे केही अंश थियन त ? कस्ले समिक्षा गरेको छ किन स्वतन्त्र उमेदवार हरु बिजय भय ? किन पुराना दल हरुले आफ्नाे साख गिराउदै गयका छन ? पछिल्लो निर्वाचन २०८० मंसिर ४ गते सम्पन्न भयाे तर कुन राजनीति दल का कुन नेताले कसरी जित हार सहन पराे ? रास्वपा का मत कुन पार्टीका थिय ?

राप्रपाले पायकाे मत कहाँबाट आयाे खास कुन दलले कहाँबाट के कसरी बिजय पराजय भाेग्न पराे खास मसिनो गरेर काेहि कसैले तथ्यांक लियकाे पाईदैन । पछिल्लो समय प्राय बिजय प्राप्त गरेको उमेदवार हरुले जिद्दा आफु बलियो भयका कारण र हार्दा अन्तघात वा आफ्नैले असहयोग गरेको कारण निकालि समीक्षा गरेको पाईन्छ । हार्नेले खासमा म किन हारे ? मलाई जनताले किन मत दिन रुचायनन ? मेरो बिपक्षीले के कारण जनताको मत पाय ? भाेलि मैले जनताको मत जित्न के कुरामा ख्याल गर्न पर्छ भनेर समीक्षा न पार्टी न उमेदवारले गरेको पाईन्छ भने जित्नेहरु पनि जितेपछि सबैभन्दा म अब्बल भयका कारण बिजय भय म भन्दा अरु उठेको भय कहाँ जित्नु खासमा म नै सबैभन्दा बलियो उमेदवार थियर त बिजय भय भन्नि घमण्ड का कारण समस्या सृजना हुदै गयकाे पाईन्छ मलाई जिताउन म भन्दा धेरै मेरो समर्थक सुभेछुक लागेको कारण बिजय प्राप्त भयाे भन्ने कुरा सायदै कमै बिजय उमेदवारमा छ जस्तो लाग्छ ।

जनताले यश कारण फिर्ता लिन सक्ने छन आफ्नाे मत

१) आफुले चुनेको प्रतिनिधि जनउत्तरदायि नपायमा ।
२) निर्वाचित जनप्रतिनिधिले आफ्नाे भुमिका सहि ढंगबाट निर्वाह नगर्दा ।
३) नीति निर्माण र बिकाश निर्माण मा सन्तुलन मिलाउन नसक्दा ।
४) जुन दल बाट निर्वाचित भयकाे हाे उस्काे मात्रै काम गर्दा (निर्वाचित भएपछि साझा चरित्र प्रस्तुत गर्न नसक्दा)
५) ठालु स्वाभाब प्रस्तुत गर्ने सबै मैले गरेको भन्नि र जनताले उस्ले गरेको महशुस नगर्दा ।
६) जनता सगंकाे सम्बन्ध पातलो हुदै जाँदा, मतदान दाइ नचिन्दा (कार्यकर्ता मुखि हुदा)
७) अन्य

आफुँले चुनेको प्रतिनिधि जनउत्तरदायी नपाएमा

हाम्रो जस्तो औसत जिवनस्तर भएकाे मुलुकका जनताकाे चाहाना बिकाश निर्माण मात्रै नभयर सामान्य राेजगारि, शिक्षा, स्वास्थ तथा अन्य बिषयमा पनि आफुले चुनेको प्रतिनिधि संग अपेक्षा गरेको हुन्छन । जनताको अप्ठ्यारो जनप्रतिनिधिले साथ दियकाे छ वा छैन सबैभन्दा महत्त्वपूर्ण बिषय हाे । आबश्यकता र प्रथामिकता का आधारमा जनप्रतिनिधिले याेजना तथा नीति बनायकि बनायनन वा ब्यक्तिगत स्वार्थमा लागेर उनै प्रतिनिधि अनुकूल काम गरे वा गरेनन जनताले निकै मसिनो गरेर हेरेका हुन्छ जब जनतामैत्रि काम भयकाे पाउदैन तब जनमत फिर्ता अभियान बेडाेजले चलाउने छन ।

निर्वाचित जनप्रतिनिधिले आफ्नाे भुमिका सहि ढंगबाट निर्वाह नगर्दा 

सामान्यतः वडा सदस्य, वडा अध्यक्ष, पालिका/नगर प्रमुख, उप प्रमुख, प्रदेश सभा सदस्य, संघिय सभा सदस्य जाे हाेस जनताबाट अनुमाेदित छ भने उस्ले म काे हु किन निर्वाचित भय र मेरो काम कर्तव्य र अधिकार के हाे भनेर बुझ्न जरुरि छ । निर्वाचित प्रतिनिधिले म काे हु भन्ने बिर्सेर जनताको गर्नै पर्ने काम नगरिदिने, नगर्ने काम गर्ने, भ्रष्टाचार, अनियमितता लाई प्रस्य दिने, असमान बितरण प्राणीको बिकास गर्ने, बजेट बिनियाेजन गर्दा आबश्यकतादका आधारमा हैन राजनितीक दल र कार्यकर्ता का आधारमा बिनियाेजन गर्ने, प्राकृति न्यायका आधारमा हैन राजनिती दलका र मतका हिसाब किताबका आधारमा न्याय अन्याय छुट्याउने काम गर्ने हाे भने पनि जनताले आफ्नाे मत फिर्ता लिने अभियान चलाउने छ जब यसरी अभियान चल्छ पहिला निर्वाचित हुने भै हाले पनि त्यस्ता गतिविधिले उस्काे पार्टी लाई ठुलो क्षति पुर्याउने निश्चित छ ।

नीति निर्माण र विकास निर्माणमा सन्तुलन मिलाउन नसक्दा 

राजनिती काे मुल मर्म नै राज्यको सहि नीति निर्माण गर्नु हाे । सहि नीति निर्माण भयर बनेको नीति अनुरुप कार्यान्वयन भयमा मात्रै राज्य सबलिकरण काे बाटो मा हिड्ने छ । याे देशका लागि सबैभन्दा महत्त्वपूर्ण बिषय पनि हाे देशकाे आबश्यकता का आधारमा नीति तय हुन र कार्यान्वयन हुन सामान्य बिषय हुदै हैन । देशको आर्थिक निति , परराष्ट नीति न्याय पालिका, कार्यपालिका कस्तो हुने कस्तो स्वरुप दिने सबै यहि भित्र पर्छ यहाँ हामिले बुद्दिमता पुर्व काम गर्न सके देशले परिवर्तन क्षण भरमै गर्ने छ जक यहाँ आयर कुनै राजनितीज्ञ चुक्छ नि तब उस्काे जनमत खिईदै जानेछ तसर्थ जनमत बिर्ता हैन भन्नि बुझ्ने समजधार ब्यक्ति नेतृत्वमा पुग्न जरुर छ ।

निर्वाचित भएपछि साझा चरित्र प्रस्तुत गर्न नसक्दा

सामान्यतः राजनितीक पार्टीको चुनाब चिन्हबाट निर्वाचित प्रतिनिधि साेहि दलको बिशेश याेगदान गर्नु र साेहि दलकाे नीत, कार्यक्रम र घाेषणा पत्र कार्यान्वयन गर्नु उस्काे नैतिक धर्म पनि हाे । तर जब एउटा पार्टीको कार्यकर्ता निवाचित हुन्छ उ त्याे पार्टीको मात्रै नभयर आम सबै खाने मतदाताकाे वा मत दिन नपायका जनताको पनि प्रतिनिधि उ नै हुने गर्दछ ।

निर्वाचन मा जाँदै गर्दा कुनै अमुख दलको मात्रै नभयर सबै खाले जनमतको प्रतिनिधित्व गर्नु पर्ने भयकाले उस्ले सार्वजनिक रुपमा साझा चरित्र प्रस्तुत गर्न सक्नु पर्ने हुन्छ । खास मा एउटा सामाजिक ब्यक्तिकाे हर मिनेट हर क्षण सामाजिक परिक्षण हुने गर्दछ उस्काे काम कार्वाही बिसुद्द सर्वपक्षीय हुन जरुर हुन्छ जुन प्रतिनिधिले साझा चरित्र प्रस्तुत गर्छ उ समाजकाे खाज पहरेदार हुन्छ जस्ले साझा हुने आट गर्दैन उ समाज बिगार्ने मिलेर बसेका जनतालाई लडाउने, भडाउने अभियानकाे अभियान्ता हुन्छ यस्ता अराजक उर्छिखल हरुकाे सामाजिक जिवन निकै छाेटाे हुने गर्दछ । यस्ताकाे अन्तय निकै दुखदायि हुने गर्दछ । निवार्चन पछि सबैले म सबै खाले जनताको प्रतिनिधि हु भन्ने बिर्सन हुदैन।

ठालु स्वाभाब प्रस्तुत गर्ने सबै मैले गरेको भन्नि र जनताले उस्ले गरेको महशुस नगर्दा

संसारमा धेरै मान्छे काे अन्य उस्काे गलत स्वभावका कारण हुने गर्दछ भने संसारका सफल र सक्षम मान्छे पनि उनिहरुकै अनुकरणीय स्वभाबकै कारण हुने गर्दछ । हिटलर उस्काे घमण्डि स्वभावका कारण अन्य मात्रै भयनन संसारकै क्रुर शाशक का रुपमा परिचय बनायर अन्य भय २० औ बर्ष जेल बसेर पनि सामान्य किसानकाे छाेरा नेसनल मण्डेला दुनियाका प्रेरणाका स्रोत बनेर अस्ताय ईतिहास दुबै का छुट्टाछुट्टै भयता पनि हिटलर कसैलाई मन पर्दैन तर मण्डेला संसारमा मानिशकाे मानसपटलमा सधैं जिवित छन ।हाे यसरिनै नेपाली राजनीति मा पनि स्वभावका कारण स्थापित र बिस्थापित नेतृत्वको शृङ्खला लामाे छ वर्तमान अबस्थामा नेपाली राजनिती मा ठालु स्वभाव प्रदर्शन गर्नेहरु व्यापक भेटिन्छ उनिहरुले जे कुरा बाेलिरहेका हुदैनन त्याे कुरा जनताले पत्याई रहेको हुदैनन् ।

सामान्ता हाम्रो समाजका नेतृत्व हरु हेर्ने हाे भने उनी हरु आफुलाई निकै सादगि भनेर भनी रहेको हुन्छ कुनै आर्थिक उपार्जन गर्दैनन् तर उनिहरुका छाेराछाेरि कसरी डाक्टर, ईन्जिनियरिङ, नर्सिङ, साईन्स महंगा महंगा कलेजमा पढ्न सक्छन ? देशका प्रसिद्ध शहरैपिछे कसरी ठुला ठुला महल कसरी बन्दछन ? यसरी प्रस्तुत गर्दा समग्र राजनिती लाई हेर्ने दृष्टिकोण नै गतल भयकाे छ । यस्तो स्वभाव बाेकेका नेता हरु जब जनताको बिचमा जादा भय गरेको बिकासकाे जस लिनलाई सबै मैले गरेको वा मेरो कारण भयकाे भनेर जस लिन खाेज्दा जनताको नजरमा गिरेको हुन्छ र जनमत क्षयकरण हुदै जान्छ ।

जनता सँगको सम्बन्ध पातलो हुँदै जाँदा, मतदाता पहिचान गर्न नसक्दा (कार्यकर्तामूखी हुँदा)

जब एउटा जनप्रतिनिधिकाे जनतासंग सम्बन्ध पातलो हुदै जान्छ तब उस्काे ब्यक्तिगत जीवन मात्रै हैन उस्ले प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीको समेत जनता संग सम्बन्ध पातलो हुदै जान्छ । एउटा जनप्रतिनिधि समाजको उदाहरणीय हुन जरुर छ जनताको हरेक अप्ठ्यारो सबैभन्दा नजिकैको साथि हुन अति आबश्यक छ । एउटा जनता बाट अनुमाेदित प्रतिनिधि काे जनतासँग नै सम्बन्ध पातलो हुनु भनेको जनमतको सबैभन्दा ठुलो उपहास गरेको प्रमाणित हुनु हाे । चाहिने बेलामा खुट्टामै ढाेग गरेर मत माग्नु र निर्वाचन पछि उनै मतदाता पहिचान नहुनु सबैभन्दा ठुलो राजनितीक अप्राध हाे याे दुर्भाग्यपूर्ण अबस्थाकाे अहिले का राजनितीज्ञ हरुले सुधार गरि जनता सगकाे भावनात्मक सम्बन्ध कायम गर्दै, मतदाता पहिचान गर्ने र निर्वाचित प्रतिनिधि वास्तमै साझा चरित्र प्रस्तुत गर्दै, कार्यकर्ता मुसि मात्रै नभयर जनतामुखि भयमा राष्ट्र सबलिकरण हुने छ अन्यथा फेरि जनता मत फिर्ता अभियान चलाउन बिबस हुनेछन।

खासमा जनमत कसैकाे कहिल्यै बिर्ता हुन सक्दैन जनताको मन जितिन्जेल जनताको प्रतिनिधि हाे जुन दिन जनताको नजरबाट गिरिन्छ उ कहिल्यै जनप्रतिनिधि हुन सक्दैन । कम्युनिस्ट पहिलो प्रधानमन्त्री मनमाेहन अधिकारीले भने झै प्रधानमन्त्री हुन भन्दा असल नागरिक हुन गार्‍हो छ उहाँले भन्नू भयकाे छ मलाई सधै असल नागरिक भयर भनिदिय पुग्छ भनेर हाे यस्तै नेतृत्व भन्दा बाहिर पनि उदाहरणीय बन्न सकिन्छ प्रधानमन्त्री नहुदा पनि गणेशमान श्रेष्ठ सबै सबैको मनमा हुनुहुन्छ प्रधानमन्त्री नभय पनि माहात्मा गान्धी संसारकाे सबैभन्दा सादगि र प्रिय नेतृत्वको स्थानमा हुनुहुन्छ प्रधानमन्त्री नभयपनि जननेता मदनकुमार भण्डारी आम नेपाली काे हृदय मा हुनुहुन्छ त्यसैले सबैले सत्कर्म गरा , सबैले सबैलाई स्विकार गराै । जय जनतम, जय जनता, जय सत्कर्म अभियान । लेखक : रुपा गाउपालिका वडा न २ का वडा अध्यक्ष हुन् ।

More News last news
Loading...