सङ्खुवासभामा पहिराेमा पुरिएर सासू–बुहारीकाे ज्यान गयाे

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर सासू बुहारीको ज्यान गएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको ज्यान गएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो । पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर मोतिमाया र उहाँकी बुहारी समीक्षाको ज्यान गएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो ।

Advertisement

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

More News last news
Loading...