ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो।

ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। उरुग्वेका लागि नाल्टीमा भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गरे । उसका लागि मारिया गिमेनेजको प्रहार ब्राजिलियन किपर एलिसनले रोकेका थिए ।

Advertisement

ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले गोल गर्दा डगलस लुइज र एडर मिलिटाओले पेनाल्टी सुटआउटमासमेत गोल गर्न सकेनन् । ब्राजिल पेनाल्टी सुटआउटमा ४-२ को हार खाँदै क्वाटरफाइनलसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

More News last news
Loading...