टेलिकमले २० अर्ब खर्चेर लाइसेन्स नविकरण गर्ने

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले लाइसेन्स निविकरण गर्ने भएको छ । २० अर्ब नविकरण दस्तुर तिरेर कम्पनीले लाइसेन्स नविकरण गर्ने निर्णय गरेको हो । कम्पनीले २० अर्ब रुपैयाँ दस्तुर तिरेर लाइसेन्स नविकरण गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिबाट बैशाख १३ गते दस्तुर तिरेर नविकरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले तेस्रो पटक नविकरण दस्तुर बुझाउन लागेको हो । राजस्व नउठेर अतालिएको सरकारले २० अर्ब दस्तुर प्राप्त गर्दा केहि सहज हुन्छ । तर यो रकम सिधै सरकारी कोषमा आउँदैन । यदि एन्टीसीले नविकरण दस्तुरको रकम नेपाल दुरसंचार प्राधिकरणलाई बुझाउनेछ । सरकारले चाहेको खण्डमा प्राधिकरणबाट सो रकम राज्य कोषमा तान्न सक्छ ।

Advertisement

एनटीसीको प्रतिस्पर्धि कम्पनी एनसेल आजियाटा प्रालीले नविकरण दस्तुर महँगो भएको भन्दै घटाउनु पर्ने माग गरिरहेको छ । नेपाल टेलिकमले प्रचलित ऐन बमोजिम अनुमति प्राप्त गरी विगत २५ बर्ष देखी जीएमएस (न्क्ः) सेवा सञ्चालन गरिरहेको छ ।

सेवाको नविकरण सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले एनटीसीलाई मिति बैशाख ४ गते पत्र पठाएको थियो । तेस्रो नविकरण दस्तुर सम्बन्धि विषयमा विगतको प्रचलन तथा विधि पद्धति समेतलाई वेवास्ता गरी निर्णय गरेको भन्दै कर्मचारी युनियनहरुले पनि विरोध जनाएका छन् । कर्मचारी युनियनका ४ स्स्थाले सयुक्त विज्ञप्ति जारी गर्दै नविकरण गर्न हतार नगर्न सुझाव दिएको हो ।

More News last news
Loading...