भारतका चार क्रिकेटरको तलब ११ करोड, बाँकी २६ खेलाडीको कति ?

काठमाडौं | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्।

गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्।

Advertisement

नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएको थियो। अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।

बिसिसिआई केन्द्रीय सम्झौता (२०२३-२४) को वार्षिक तलब

ग्रेड ए प्लस (७ करोड भारू, ११.२० करोड नेपाली रूपैयाँ)

रोहित शर्मा

विराट कोहली

जसप्रीत बुमराह

रवीन्द्र जडेजा

ग्रेड ए (५ करोड भारू, ८ करोड नेपाली रुपैयाँ)

रविचन्द्रन अश्विन

शुभमन गिल

मोहम्मद शमी

हार्दिक पाण्ड्या

मोहम्मद सिराज

केएल राहुल

ग्रेड बी (३ करोड भारू, ४.८० करोड नेपाली रुपैयाँ)

सूर्यकुमार यादव

यशस्वी जैसवाल

ऋषभ पन्त

कुलदीप यादव

अक्षर पटेल

ग्रेड सी (१ करोड भारू, १.६० करोड नेपाली रुपैयाँ)

रिन्कू सिंह

तिलक बर्मा

शिवम दुबे

रवि बिश्नोई

मुकेश कुमार

सन्जु सामसन

प्रसिद्ध कृष्णा

आवेश खान

रुतुराज गायकवाड

जितेश शर्मा

अर्शदीप सिंह

रजत पाटीदार

शार्दुल ठाकुर

वाशिन्टन सुन्दर

केएस भरत

More News last news
Loading...